Thaha

Saturday 20 April - 5:55 am NST

नेपाली क्रिकेट टोली बेलायत भ्रमण सकेर स्वदेश फिर्ता ।

काठमाण्डौं, साउन ७ । बेलायत भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आगामी साउन २९ र ३१ गते विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् नेदरल्यान्ड्सविरुद्ध हुने खेलको तयारीका लागि गत असार २७ गते बेलायत गएको नेपाली टोलीले त्यहाँ सबै पाँच खेल जितेको थियो ।  

लर्डस् क्रिकेट मैदानमा मेरीलेबोन क्रिकेट क्लब एमसीसीसँग भएको मैत्रीपूर्ण खेल र अरु क्लबसँगका चार वटा अभ्यास खेलमा नेपाली टोली विजयी भएको थियो । बेलायत भ्रमणमा गरेको प्रदर्शनका आधारमा अन्तिम टोलीको टुंगो लगाउँदै नेपाली टोली विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् चौंथो चरणको खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।