Thaha

Saturday 20 April - 3:16 pm NST

संकलन कम भएपछि काठमाडौंमा रगतको अभाव बिरामीले रगत पाउन दाता खोज्नुपर्ने बाध्यता


काठमाण्डौ, ५ साउन । संकलन र संचयमा समस्या भएपछि रगतको माग र वितरणमा असन्तुलन बढ्दै गएको छ । यो सिजनमा हप्तै भरी रगत संकलन नहुने तर माग भने निरन्तर बढी रहने भएकाले माग र वितरणको सन्तुलन मिलाउन नसकिएको केन्द्रले बताउँदै आएको छ । बिदाको दिनमा तुलनात्मक बढी रगत संकलन हुने गरेपनि वर्किङ्ग डेमा रक्तदानका कार्यक्रम निकै कम मात्रै हुँदा रगतको संकलन न्यून मात्रै हुन्छ । जसले गर्दा ४÷५ सय युनिट रहेको दैनिक माग पुरा हुन असम्भव जस्तै हुने गरेको केन्द्रले जनाएको छ । संकलन नै कम भएपछि कहिले वितरण गर्नै नसकिने र कहिले तुलनात्मक रुपमा बढी वितरण भएको छ । रगत नभएकाले एक÷दुई दिन रगत वितरण हुन नसकेपनि हिजो भने ३÷४ सय युनिटकै हाराहारीमा वितरण भएको केन्द्रका प्राविधीकले बताएका छन् । आज फेरी रगतको संचय अत्यन्तै न्यून रहेको छ । रक्तसन्चार केन्द्रले अहिले ए, बी ओ र एबी पोजेटिभ तथा तिनका नेगेटिभ गरी ८ वटा गु्रप, त्यसको ६ वटा कम्पोनेन्ट वितरण गर्दै आएको छ । रगतको संकलन प्रभावकारी नहुँदा अभाव हुन नदिन शोधभर्नालाई बढावा दिईएको केन्द्रले बताएको छ । बढी अभाव हुने एबी पोजेटिभ र सबै नेगेटिभ समूहको रगतको माग भएको अवस्थामा दाता खोज्नुपर्ने बाध्यता रहेको छ ।