Thaha

Friday 19 April - 5:34 pm NST

फ्रान्समा ३ दिने राष्ट्रिय शोकको घोषणा

काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार ।
काठमाडौं, ३१ असार । 
काठमाडौं, ३१ असार । 

काठमाडौं, ३१ असार । फ्रान्समा ट्रकले ठक्कर दिएको ठुलो संख्यामा मानिसहरुको ज्यान लिएको घटनापछि ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । जारी संकटकाललाई थप ३ महिना लम्ब्याउने घोषणा गरिसकेको फ्रान्सेली सरकारले उक्त घटनापछि देशमा ३ दिने शोकको घोषणा गरेको हो । उक्त घटनामा मर्नेको संख्या ८४ पुगेको बिबिसीले जनाएको छ । धेरै घाईतेको अवस्था गम्भिर रहेकाले मर्नेको सँख्या अझै बढ्नसक्ने अनुमान गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

घटनाको फ्रान्ससँगै अन्तराष्ट्रिय समूदायले निन्दा गर्दै आतंकवादविरुद्ध फ्रान्सको साथमा रहेको प्रतिक्रिया दिएका छन् । फ्रान्सका राष्ट्रपती फ्रान्स्वा ओलान्दले यसअघि घटनालाई आतंककारी आक्रमण भन्दै देशमा जारी संकटकाल थप ३ महिना बढाउने घोषणा गर्नुभएको थियो । पेरिसमा गएको नोभेम्बरमा भएको आतंकवादी आक्रमणपछि घोषणा गरिएको संकटकालको अवधि २६ जुलाईमा सकिंदैछ । फ्रान्सलाई ईस्लामीक आतंकवादबाट खतरा रहेको भन्दै राष्ट्रपती ओलान्दले सीरिया र ईराकमा फ्रान्सेली कारवाही जारी राख्ने घोषणा समेत गर्नुभयो । राष्ट्रिय दिवस मनाउन भेला भएका मानिसहरु जम्मा भएको ठाउँमा एउटा ट्रकले ती मानीसहरुलाई अन्धाधुन्द ठक्कर दिंएको थियो ।

दक्षिणी शहर निसमा एकता दिवस समारोहका क्रममा आतिशबाजी सकिएपछि स्थानीय समय अनुसार गएराती ११ बजे ट्रकले भिडलाई कुल्चिन शुरु गरेको थियो । तिव्र गतिमा रहेको ट्रकले २ किलोमिटर सम्म भिडलाई कुल्चिएको र प्रहरीले ट्रक चालकलाई गोली हानेर मारेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । प्रहरीले ट्रक चालकले मान्छे मार्ने नियतले नै भीडमा ट्रक चलाएको र ट्रकमा पटाका, ग्रेनेड सहितका विष्फोटक पदार्थ तथा बन्दुक भेटिएको जनाएको छ ।