Thaha

Friday 19 April - 9:05 am NST

बजेट पास हुन नदिने माओवादी केन्द्रको निर्णय

काठमाडौं, ३१ असार । 
नेकपा माओवादी केन्द्रले आज बजेट पास हुन नदिने भएको छ । आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार विरुद्ध सदनमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पूरा भएपछि मात्रै अर्थ सम्बन्धी विधयेकहरु पास गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । माओवादी भित्र आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमा अवरोध गर्न नहुने आवाज उठेपनि बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गर्ने बेला माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले विधयेक पास गर्न आफूहरुको समर्थन रहने बताउनुभएको थियो । विनियोजन विधयेक पारित भएपनि आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधयेक पास हुन बाँकी छ । आज व्यवस्थापिका संसद बैठक दिउँसो साढे १ बजे बस्नेछ । गएको बुधबार नै बजेट पास गर्ने कार्यसूची राखेपनि माओवादीले पहिला अविश्वासको प्रस्ताव अघि नबढेसम्म बजेट पारित हुन नदिने भनेपछि संसद आजसम्मका लागि स्थगित गरिएको थियो ।