Thaha

Thursday 25 April - 2:21 am NST

सागसब्जीको भाउ घटबढ

File Photo

 

काठमाडौं, ३० असार । केही दिनयता काठमाण्डुको तरकारी बजारमा भित्रने तरकारीको परिमाण घटबढ भईरहेकाले भाउ पनि अस्थिर देखिएको छ । 
पानी पर्दा कम आउने र पानी नपर्दा बढी आउने भएकाले भाउ अस्थिर देखिएको हो । लगातार पानी पर्दा किसानले तरकारी नटिप्ने र टिपेको तरकारी पनि बजारसम्म ल्याउन बाटोका कारण समस्या हुँदा कम तरकारी भित्रने र अरु बेला बढी आउँदा भाउ घटबढ भईरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलले बताउनुभयो । असार महिना सकिने बेला भएसंगै खासगरी हरियो तरकारीको अभाव संगै भाउ पनि ह्वात्तै बढ्ने गरेको छ । अघिल्ला महिनाको तुलनामा कम तरकारी आएपनि अझै अभाव भने भईनसकेको डंगोलले बताउनुभयो । 
बर्खा लागेसंगै हरियो तरकारीसंगै प्याजको भाउ उच्च हुने गरेको छ । यो वर्ष अहिले सम्म भारतबाट पर्याप्त आयात भईरहेकाले भाउ बढिनसकेको डंगोलले बताउनुभयो । नेपालमा कुल मागको ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ भने ५ प्रतिशत मात्रै नेपालमा उत्पादन हुन्छ । असार साउनमा नेपालमा भएको प्याज सकिने र भारतबाट आयात कम हुने हुँदा भाउ महंगो हुँदै जाने गरेको छ ।