Thaha

Wednesday 17 April - 2:17 am NST

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

काठमाण्डौं, असार १५ । विभागीय टोली एपीएफले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको  छ । राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आज भएको फाईनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलीसलाई २५—१६, २५—२० र २५—११ को सेटमा पराजित गरेको हो ।

उपाधि विजेता एपीएफले १ लाख रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ । यस्तैगरी उपविजेता पुलीसले ६० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको वेस्ट प्लेयर एपिएफकी सरस्वती चौधरी भईन् । उनले नगद १५ हजार रुपैंया प्राप्त गरेकी छिन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिताको वेस्ट स्पाईकर प्रतिमा माली, वेस्ट सर्भर नेविका चौधरी, वेस्ट ब्ल्फर उषा विष्ट, वेस्ट सेटअप विनीता बुढाथोकी र वेस्ट डिफेन्स कमला पुन भईन् । उनीहरुलाई ३—३ हजार रुपैंया प्रदान गरिएको छ ।