Thaha

Thursday 18 April - 1:21 pm NST

ललित स्मृति फुटबलको उपाधिका लागि लुम्बीनी र आर्मी भिड्ने


काठमाण्डौं, १५ असार । अखिल नेपाल फूटबल संघ एन्फाको आयोजनामा संचालित १८ वर्ष मूनिको ललित स्मृति फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधीका लागि लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । लुम्बिनीले सेमिफाईनलमा संकटा क्लबलाई हराएको थियो । यस्तै आर्मी क्लब झापा ११ लाई हराउँदै फाईनलमा पुगेको हो । उपाधी बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंया पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही १५ हजार रुपैंया प्रदान गरिने एन्फाले जनाएको छ ।