Thaha

Thursday 25 April - 10:51 pm NST

विश्वव्यापी असमानतालाई सम्बोधन गर्न युनिसेफको आव्हान


काठमाण्डौं, १५ असार  । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वव्यापी असमानतालाई सम्बोधन गर्न नसकिए सन् २०३० सम्ममा रोकथाम गर्न सकिने रोगबाट ६ करोड ९० लाख बालबालिकाले ज्यान गुमाउन सक्ने बताएको छ । यस्तै १६ करोड ७० लाख बालबालिका थप गरिब बन्ने र बालविवाह गर्ने महिलाको संख्या ७५ करोड पुग्न सक्ने युनिसेफले जनाएको छ । विश्वका बालबालिकाको अवस्था सम्बन्धि युनिसेफको पछिल्लो प्रतिवेदन अनुसार अफ्रिकी उपसहारा क्षेत्रमा सन् २०३० सम्ममा २४ करोड ७० लाख बालबालिका बहुआयामिक गरिबीको अवस्थामा बाँच्न बाध्य हुनेछन् । उनीहरु बाँच्न र सामाजिक विकासका लागि आवश्यक पर्ने सबै सुविधाबाट बन्चित हुनुपर्ने देखिएको छ । युनिसेफको प्रतिवेदन अनुसार पछिल्लो दशकमा बालबालिकाको जीवन रक्षा, शिक्षा र गरिबी निवारणका क्षेत्रमा केही प्रगति देखिएको छ । तर यो प्रगति पनि निष्पक्ष र समान नभएको युनिसेफपले औंल्याएको छ । खासगरी अफ्रिकी उपसहारा क्षेत्रमा अशिक्षित महिलाबाट जन्मेको शिशुको मृत्यु हुने सम्भावना माध्यमिक शिक्षा पाएका महिलाबाट जन्मेको शिशुको तुलनामा तीन गुणाले बढी भएको प्रतिवेदनमा उल्लेख छ । युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले विश्व सामु बालबालिकामाथि तत्काल लगानी बढाउने या विश्वलाई थप असमान या विभाजित बनाउने भन्ने विकल्प रहेको बताउनुभयो ।