Thaha

Saturday 20 April - 3:38 pm NST

शेयरबजारमा सबै समूहको सूचक हरियो

काठमाण्डौं, असार १४ । शेयर बजारमा सबै समूहको सुचक हरियो भएसँगै नेप्से परिसूचक आजपनि दोहोरो अंकले बढेको छ । परिसूचक ११ दशमलव ३५ अंकले बढेर पुँजीबजार १ हजार ७ सय २४ दशमलव १९ अंकमा पुगेको छ ।

विमा समूह ३७ दशमलव ७६, जलविद्युत ३२ दशमलव ९९, होटल १७ दशमलव २२, बैकिङ्ग १२ दशमलव ७८, उत्पादन १४ दशमलव ३९, विकास वैंक ५ दशमलव ६९ अंकले हरियो भए भने ट्रेडिङ्ग, फाईनान्स, विकास वैंक समूहको सुचक सामान्य बढेका छन् । दिनभर १ सय ३६ कम्पनिका ४९ लाख ४१ हजार ८ सय ३० कित्ता शेयर किनबेच भएका छन् ।

कारोवार रकम १ अर्ब ८४ करोड १८ लाख नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । धेरै कारोवार गर्नेहरुमा एनएमबी बैंक, लुम्बिनी जेनरल ईन्स्योरेन्स, नेपाल बंग्लादेश बैंक, ग्लोबल आईएमई लगायतका छन् ।