Thaha

Thursday 25 April - 2:59 pm NST

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंको सुचना


काठमाण्डौं, असार १४ । सरकारले काठमाडौंभित्र सञ्चालनमा रहेका डान्सबार, रेस्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, दोहोरी साँझ तथा मसाज पार्लर दर्ता गराउन फेरि आग्रह गरेको छ ।

झन्डै तीन वर्षअघि रेस्टुरेन्ट, मजास पार्लर, दोहोरीसाँझ दर्ता गर्न सूचना जारी गरेपनि अहिलेसम्म कुनैपनि दर्ता नभएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज फेरि सुचना निकालेर दर्ताका लागि आह्वान गरेको हो । व्यवसायीले सूचनाको बेवास्ता गरी बिनादर्ता व्यवसाय चलाएको पाइएमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी समेत दिएको छ ।

सरकारले डान्सबार, रेस्टुरेन्ट, मसाज सेन्टरका श्रमजीवी महिलामाथि हुने यौनउत्पीडन नियन्त्रण गर्न २०६५ सालमा जारी गरेको निर्देशिका अनुसार त्यस्ता व्यवसाय व्यवस्थित गर्न लागेको जनाएको छ ।