Thaha

Thursday 25 April - 8:00 am NST

एपीएफ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनल प्रवेश ।।

काठमाण्डौं, असार १४ । विभागीय टोली एपीएफ क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आज भएको पहिलो सेमिफाईनल खेलमा न्यू डायमन्डलाई हराउंदै एपीएफ फाईनल प्रवेश गरेको हो । एपीएफले न्यू डायमन्डलाई २५—१५, २५—२१ र २५—१७ को सेटमा परिाजित गर्यो ।

लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको समूह चरणमा समूह ए मा एपीएफ, पह्चिमाञ्चल र जाउलाखेल र समूह बी बाट न्यू डायमन्ड, नेपाल पुलिस र आर्मीले भिडन्त गरेकामा न्यू डायमन्ड र पश्चिमाञ्चल एक जित एक हारको नतिजा निकाल्दै  सेमिफाईनलमा प्रवेश गरेका थिए । यस्तैगरी पुलीस आर्मीलाई हराउंदै तथा एपीएफले समूह ए को विजेता बन्दै सेमिफाईनलमा पुगेको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिताको फाईनल खेल भोली दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैंया पुरस्कार प्राप्त गर्नेछन् ।