Thaha

Thursday 25 April - 10:27 pm NST

सिदार्थ गौतम बुद्धको मुर्ति भएको ठाउँमा महाकवि देवकोटाको सालिक राख्ने भएपछि विरोध


काठमाडौं, १४ मंसिर । 
रुपन्देहीको सिदार्थनगर नगरपालिकामा रहेको सिदार्थ गौतम बुद्धको मुर्ति भएको ठाउँमा महाकवि लक्ष्मिी प्रसाद देवकोटाको शालिक राख्ने निर्णयको विरोध भएको छ । पन्चायतकालदेखि रहेको मुर्ति केहि साहित्यकारको पहलमा जिल्ला प्रशासन कार्यलयले हटाउने निर्णय गरेको भन्दै लुम्बिनी विकास कोष र केहि बौद्धधर्मासंग सम्बन्धित संघसंस्थाले विरोध गरेका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष सिदार्थ महर्जनले बुद्ध जन्मेको पवित्र स्थालमा रहेको बुद्धका मुर्तिहरु स्थानतन्रणको नाममा कोषलाई जानकारी नगराई हटाउनु आपत्तिजनक रहको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय रुपमा बुद्धको केन्द्र लुम्बिनी आसपासमा रहेका कुनैपनि सम्पदालाई तलमाथि गर्नु उचित नुहने भन्दै विरोध गर्नुभयो ।

जिल्ला प्रशासन कार्यलयले हिजो सर्वदलिय बैठकबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक सिदार्थ गौतम बुद्धको  मुर्ति भएकै ठाउँमा राख्ने निर्णय गरेको थियो ।  विरोध भएपनि प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले कुनै विवाद नरहेको दावि गर्नु भएको छ । यसअघि मुर्ति भएको चोकको नाम सिदार्थ चोक भएपनि नगरपालिकाले दुइ वर्ष अघिमात्र देवकोटा चोक भनेर नाम फेरेको स्थानियले बताएका छन् ।