Thaha

Saturday 20 April - 6:45 pm NST

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ,


काठमाण्डौं, असार १२ । भारतको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आवासमा आत्मसमर्पणका लागि गएका सिसोदिया सहित आम आदमी पार्टीका ६० भन्दा बढी सांसदलाई प्रहरीले पक्रेको हो । उपमुख्यमन्त्री र सांसदले प्रधानमन्त्री निवास पुगेर आत्मसमर्पण गर्ने वा प्रदर्शन गर्न सक्ने भन्ने जानकारी पाएर त्यस आसपासमा बिहान देखि प्रदर्शन गर्न र जम्मा हुन नपाउने गरी धारा १ सय ४४ लागू गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन्  । यस्तै रेसकोर्स मेट्रो स्टेशन पनि बन्द गरिएको छ । आम आदमी पार्टीका सांसद दिनेश मोहनियाको गिरफ्तारीको विषयलाई लिएर विरोध जनाउन सिसोदिया सहितका सांसदले आत्मसमर्पणको योजना बनाएका थिए । उपमुख्यमन्त्री सिसोदियामाथि पनि केही व्यापारीलाई धम्क्याएको आरोप लागेको छ । आम आद्मी पार्टीले प्रधानमन्त्री मोदीले दिल्लीका मानिससंग बद्ला लिन खोजेको टिप्पणी गरेको छ ।