Thaha

Thursday 25 April - 9:25 am NST

आज निर्जला एकादशी

काठमाण्डौं, असार २ । आज ज्येष्ठ शुक्ल एकादशी, तुलसीको बिउ रोप्ने दिन । आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । वर्ष भरीका एकादशीको पुण्य प्राप्त हुने विश्वासमा आजका दिन पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि शुरु भएको दशहरा स्नान तुलसीको बिउ रोपी आजैदेखि सम्पन्न भएको छ । प्रतिपदादेखि एकादशी सम्म जलाशय वा नदीमा गई स्नान गरे दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।

शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीका दिनसम्म स्नान गरेर नाश हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो ।