Thaha

Wednesday 24 April - 2:56 pm NST

यूरोकपमा आजका खेलहरु

काठमाण्डौं, असार १ । फ्रान्समा जारी युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन । नेपाली समय अनुसार बेलुकी पौने ७ बजे हुने खेलमा रसिया र स्लोभाकिया भीड्नेछन् । राती पौने १० बजे रोमानिया र स्वीट्जरल्याण्डबीच प्रतिष्पर्धा हुनेछ ।

आयोजक फ्रान्सले राति पौने एक बजे अल्बानियासँग खेल्नेछ । गएराति भएको खेलमा पोर्चुगल नवप्रवेशी आइसल्याण्डसँग एक एकको बराबरीमा रोकियो । ३१ औं मिनेटमा नानीको गोलमा पोर्चुगलले अग्रता लिएपनि ५० औं मिनेटमा आइसल्याण्डका बीरकीर बियारनेशनले गोल गर्दै खेल बराबरी गरे ।

हंगेरीले भने विजयी शुरुवात गरेको छ । हंगेरीले दश खेलाडीमा सिमित अष्ट्रियालाई २–० ले पराजित ग¥यो ।