Thaha

Wednesday 17 April - 5:08 am NST

शेयर बजारमा नयाँ रेकर्ड ।

काठमाण्डौं, जेठ ३२  । केही समययता लगातार उकालो लाग्दै आएको सेयर बजारमा कारोवार रकम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको   छ । बजारमा आज २ अर्ब रुपैंयाभन्दा माथिको कारोवार भएको छ । दिनभर १ सय ३४ कम्पनिका ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता शेयर किनवेच हुंदा २ अर्ब १९ करोड ७८ लाख ५९ हजारको कारोवार भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल बंग्लादेश बैंक, रुरल माईक्रो फाईनान्सको कारोवारले समग्र कारोवारलाई नयाँ रेकर्डमा पुर्याएको हो । नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर प्रतिकित्ता ५ सय ५१ का दरले ४९ करोडको किनबेच भयो । यस्तैगरी नेपाल बंग्लादेश बैंकले १४ करोड, रुरल माईक्रोफाईनान्स डेभलपमेन्ट सेन्टरले १३ करोडभन्दा माथिको कारोवार गरे ।

पुँजीबजारले पनि नयाँ रेडर्क बनाएको छ । नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर बजार १ हजार ६ सय १४ दशमलव १५ अंकमा पुगेको छ । बजार आज १६ सय १९ अंकसम्म पुगेको  थियो । विमा समूह १ सय १२ दशमलव ५३, होटल ५९ दशमलव १८, जलविद्युत ५६ दशमलव ३७, उत्पादन ४२ दशमलव ३१, विकास वैंक १४ दशमलव ४६, फाईनान्स समूहको सुचक ३ अंकले बढेका छन् ।

बाणिज्य वैंक र अन्य समूह भने क्रमश ६ दशमलव २२ र ३ दशमलव ५२ अंकले घटे ।