Thaha

Friday 19 April - 7:36 pm NST

खाद्य सुरक्षा अनुगमन प्रणाली नेपाल सरकारलाई हस्तान्तरण

काठमाण्डौं, जेठ १८ । युरोपियन युनियन र विश्व खाद्य कार्यक्रमले खाद्य सुरक्षा अनुगमन प्रणाली नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । अब यसलाई कृषि विकास मन्त्रालयले सञ्चालन र व्यवस्थापन गर्नेछ । यो कार्यक्रम अघि युरोपियन युनियनको सहयोग, कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा चलिरहेको थियो ।

खाद्य असुरक्षाका कारणले हुनेसंकटबाट बचाउन खाद्य सुरक्षाका जानकारी संकलन तथा विश्लेषण गरी उपयुक्त कदम चाल्न र कार्यक्रम तय गर्न खाद्य सुरक्षा अनुगमन प्रणाली सञ्चालन गरिएको हो । विश्व खाद्य कार्यक्रमका प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिपा ब्राडफोर्डले चरम खाद्य संकट आउनु अघि नै खाद्य सुरक्षा अवस्थाबारे पूर्व जानकारी गराउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

युरोपियन युनियनका सहायता नियोग प्रमुख आन्द्रियास रोटगरले खाद्य असुरक्षा दिगो रुपमा सम्बोधन गर्ने समाधानका उपाय पहिचान गर्न कार्यक्रमले निरन्तर रुपमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । यो कार्यक्रमले नेपाल तथा विपद÷विकासका क्षेत्रमा कार्यरत संस्थालाई खाद्य सुरक्षा र ग्रामिण जीविकोपार्जनका अवस्थाबारे जानकारी दिई संकटको सम्बोधन तथा तथ्यमा आधारित नीतिगत निर्णय गर्न सहयोग पु¥याउने छ ।

जिल्ला स्तरीय सरकारी निकाय, संयुक्त राष्ट्र संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था, नागरिक समाज र नीजि क्षेत्रबाट २ हजार ५ सय भन्दा बढी विज्ञ रहेको खाद्य सुरक्षा सञ्जाल परिचालन गरी गाविस स्तरको खाद्य सुरक्षा अनुगमन तथा तथ्याङ्क विश्लेषण गर्ने गरिएको छ । ७५ जिल्ला मध्ये ७४ जिल्लामा सञ्जाल कार्यरत छ ।