Thaha

Wednesday 24 April - 12:47 pm NST

विमा समूहले उचाल्यो शेयर बजार


काठमाण्डौं, जेठ २७ । बिमा समूहले रेकर्ड बनाउंदै शेयर बजारलाई आजपनि दोहोरो अंकले बढाएको छ । बैकिङ्ग र होटल समूह घटेपनि विमा समूहले समग्र बजारलाई झण्डै २० अंकले उचालेको छ । विमा समूह ५ सय ९५ दशमलव ४५ अंकले बढ्दा समग्र नेप्से परिसूचक १९ दशमलव ९ अंकले बढेर १ हजार ५ सय ६६ दशमलव ७० अंकमा पुगेर बन्द भयो ।

नेप्से परिसूचक बढेसँगै कारोवार रकम झण्डै २ अर्ब पुगेको छ । पहिलो दिन करिव ३५ अंकले घटेको बजार कारोवारको अन्तिम दिनसम्म आईपुग्दा लगातार दोहोरो अंकले उकालो लाग्यो । आज विकास वैंक १२ दशमलव ०३, जलविद्युत ४ दशमलव ६१, फाईनान्स ५ दशमलव ३७, अन्य समूहको सुचक ४ दशमलव ७ अंकले हरियो भए । बैकिङ्ग १ दशमलव ०४ र होटल ६ अंकले घटे ।  

दिनभर १ सय ३७ कम्पनीका १८ लाख ८८ हजार ३ सय ३९ कित्ता शेयर किनवेच हुंदा १ अर्ब ८९ करोड, ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।