Thaha

Friday 19 April - 12:53 pm NST

तस्वीरको कमाल ।

काठमाण्डौं, जेठ २५ । भनिन्छ, एउटा तस्वीरले हजारौं शब्दलाई मात दिन्छ । चीनमा यस्तै घटना भएको छ । एक वकीलको एउटा यस्तो तस्वीर सार्वजनीक भएको छ, जसले चीनमा वकीलहरुमाथि हुने दुव्र्यवहारलाई प्रस्ट पारेको छ । चीनमा वकिलहरुलाई प्रताडिट गर्ने, हिरासतमा लिने र जेलमा राख्ने सम्म गरेको समाचारहरु बेलाबेला आईरहन्छ । यसैवीचमा अहिले ठाउँठाउँमा च्यातिएका कपडामा देखिएका एक वकिलको तस्वीरले त्यस्ता घटनालाई बयान गरेको छ । 


यो तस्वीर वू  लियांगश नाम गरेका वकीलले छिङ्गशियू जिल्ला अदालत परिसरमा लिएका हुन् । वू र अन्य वकीलहरुले दुई न्यायाधीसकै सामू तीनजना प्रहरी अधिकारीले उनीमाथि आक्रमण गरेको दाबी गरेका छन् । प्रहरीले वू को कपडा न्यातिदिएको दाबी गरिएको छ । उनीहरुका अनुसार क्वांगशी प्रान्तमा नानिंगको जिल्ला अदालतका न्यायाधीसले एक मुद्धा दर्ता गर्न वु ले दिएको निवेदन खारेज गरेपछि उक्त घटना भएको थियो । पछि वु लाई नयाँ कपडा दिन भनियो तर उनले त्यसलाई अस्विकार गरिदिए । त्यसपछि उनले अदालत परिसरको मुल ढोकाबाट बाहीर आएर त्यही दुर्दशामा आफ्नो तस्वीर खिंचाए । 


वू लियांगशूले भने—“मलाई कुनै आपत्ति भएको छैन, मैले यसअघि धेरै अचम्म र हिंस्रक घटनाहरु सुनेको थिएं की चीनमा वकीलहरुको साथ के के गरिन्छ भनेर, तर मैमाथि यस्तो घटना होला भनेर कहिल्यै कल्पना गरेको थिईन ।” 
अधिकारीहरुले भने वू ले मोबाईलबाट अधिकारीहरुको गैरकानुनी रेकर्डिङ्ग गरेको र उनीसँग मोबाईल माग्दा नदिएको बताएका छन् । अदालतमा प्रहरीले वू लाई नपिटेको तर फोन खोस्नका लागि जवरजस्ती गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हजारौं चीनिया वकीलहरुले एक वयान जारी गरेर घटनाको निन्दा गर्दै कोर्टरुम भित्रको सीसीटीवी फुटेज जारी गर्न माग गरेका छन् । अल चाईना लयर्स एसोसिएशनले घटनालाई चिन्ताजनक भनेको छ । 
बिबिसीले जनाएअनुसार अहिले यस घटनालाई लिएर चीनका सोसल मिडीयाहरुमा प्रतिक्रियाहरु आईरहेका छन् । वू प्रति नकारात्मक टिप्पणीहरु देखिएपछि चीनको सोशल मिडिया वेभसाईट वीबोलाई सेन्सर लगाउने सम्म बुझिएको छ । घटनासँग सम्बन्धित पोस्टलाई ब्लक गर्नुअघि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चीनीया प्रशासनको तिव्र आलोचना समेत गरेका छन् ।