Thaha

Thursday 25 April - 12:33 pm NST

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै


काठमाडौं, २३ जेठ । 
आज विश्व वातावरण दिवस । “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।

दिवसको अवसरमा वातवारण मन्त्रालयले आज बिहान राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर वातावरण संरक्षणमा योगदान पुुर्याएका ब्यक्ति, संस्था र पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणमा महत्वपुर्ण योगदान गरेका रामचरित्र शाह तथा पत्रकार रामचन्द्र अधिकारी र सागर पण्डितलाई पुरस्कार प्रदान गर्नुभयो । यस्तै प्रेरणा महिला समूह  काठमाडौं र दिदीबहिनी समाज उत्थान केन्द्रलार्ई पुरस्कृत गरिएको मन्त्रालयका उपसचिव राजनबाबु पुडासैनीले जानकारी लिनुभयो । दिवसको अवसरमा मन्त्रालयले हिजो वृक्षा रोपण तथा सचेतना र्याली गरेको थियो ।