Thaha

Thursday 25 April - 2:10 am NST

मदिरा सेवन गर्ने न्यूनतम उमेर हद बढाउने मलेशियाको तयारी,


काठमाडौं, २० जेठ । मलेशियामा मदिरा सेवन गर्ने न्यूनतम उमेर हद बढाउने भएको छ । त्यहाँ अहिले मदिरा पिउने न्यूनतम उमेर १८ वर्ष रहेको छ  । सानै उमेरमा मादक पदार्थ उपभोग गर्ने प्रवृत्ति हटाउन र मदिराका कारण हुने हिंसा रोक्नका लागि यस्तो व्यवस्था गर्न लागिएको मलेशियन अधिकारीहरुले बताएका छन् । नयाँ व्यवस्था सन् २०१७ डिसेम्बर १ तारिखदेखि लागू हुने बैंकक पोष्टले जनाएको छ । यसका साथै अब मदिरा उत्पादकले मदिराको उपभोगका कारण हुने स्वास्थ्य सम्बन्धि खतराका बारेमा आफ्ना उत्पादनको लेबलमै उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागिएको स्वास्थ्य मन्त्री एस सुब्रमन्यमले बताउनुभएको समाचारमा उल्लेख छ । मदिराजन्य पदार्थ बिक्री गर्ने व्यवसायीहरुले पनि यस्तो खालको सूचना सबैले देख्ने गरी राख्नुपर्नेछ । ६० प्रतिशत नागरिक मुस्लिम रहेको मलेशियामा धार्मिक रुपमा मदिराको उपभोग बर्जित छ । त्यहाँ मदिराजन्य पदार्थमा लगाईने कर पनि निकै उच्च रहेको छ । तर बार र रेष्टुरेन्टहरुमा मदिरा पर्याप्त मात्रामा बिक्री हुने गरेको छ । मदिरा उत्पादक महासंघका अनुसार मलेशियामा मदिराका प्रयोगकर्ता ३५ लाख छन् ।