Thaha

Friday 26 April - 3:20 am NST

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा चौथो पटक पनि शालिकराम चयन


काठमाडौं, १७ जेठ । 
अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा चौथो पटक शालिकराम जम्कट्टेल चयन हुन भएको छ । आइतबार बेलकी सम्पन्न महासंघको छौटौं सम्मेलनले उहाँको नेतृत्वमा  १ सय ७६ सदस्सिय नयाँ कार्यसमिती चयन गरेको हो । उपाध्यक्षहरुमा जय कार्कि, गणेश रेग्मि, धनबहादुर विक र उषा देवकोटा निर्वाचत हुनु भएको छ ।

यस्तै महासचिवमा जगत सिंखडा चयन हुनु भएको छ भने उपमहासचिवहरुमा पितांम्बर गिरी, राजकुमार लामालगायत ९ जना छन् । कोषाध्यक्ष हेमन्त महर निर्वाचित हुनुभएको छ । सचिवमा १४ जना चयन भएका छन् ।