Thaha

Wednesday 24 April - 12:13 am NST

आइपीएल क्रिकेटको उपाधि सनराइजर्स हैदरावादलाई


काठमाडौं, १७ जेठ । 
इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधि सनराइजर्स हैदरावादले जितेको छ । गएराति घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले पराजित गर्दै हैदरावदाले पहिलोपटक आइपीएलको उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । उसका लागि कप्तान डेविड वार्नरले ६९, युवराज सिंहले ३८, शिखर धवनले २८ रनको योगदान गरे भने म्यान अफ दि म्याच बेन कटिङ  ३९ रनमा अविजित रहे ।  

जवाफी ब्याटिङमा आएको बैंगलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय रन मात्रै बनाउन सक्यो । उसका लागि क्रिस गेलले ७६, कप्तान बिराट कोहलीले ५४ र सचिन बेबीले नटआउट १८ रन बनाउनुबाहेक बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बैंगलोरका कप्तान बिराट कोहली घोषित भए । जितसँगै हैदरावादले १५ करोड भारतीय रुपैयाँ पाएको छ भने बैंगलोरले १० करोडमा चित्त बुझाएको छ ।