Thaha

Tuesday 23 April - 9:14 pm NST

सी डिभिजन लीग फुटबलमा आज पनि दुईवटा खेल


काठमाडौं, १३ जेठ । शहिद स्मारक रेडबुल सी डिभिजन लिग फुटबलमा आज पनि दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १ बजे हुने खेलमा खालीबारी युथ क्लब र ओएसीस क्लबबीच प्रतिष्पर्धा हुनेछ । दिउँसो साढे ३ बजे हुने अर्काे खेलमा वीरगञ्ज युथ एकेडेमी र बौद्ध फुटबल क्लब आमनेसामने हुनेछन् । यसअघि हिजोको खेलमा मनोहरा युनाइटेड युथ क्लबले सानो गौचरन युथ क्लबलाई पराजित गरेको थियो भने भगवती क्लब र झम्सीखेल युथ क्ल्बले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।