Thaha

Friday 19 April - 8:54 pm NST

कृष्णसेन इच्छुकको स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाईदैं


काठमाडौं, १३ जेठ । पत्रकार एवं साहित्यकार कृष्णसेन इच्छुकको १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाईदैंछ । दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ लगायत विभिन्न संघसंस्थाले बिहान  काठमाडौंबमे शान्तिबाटीकाबाट भृकुटीमण्डप सम्म प्रभातफेरि निकालेका छन । प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले कृष्णसेन इच्छुक नेपाली पत्रकारिताको मुल आदर्श भएको बताउनु भयो । इच्छुकको मृत्यु युद्धमैदानमा नभएको भन्दै विष्टले घटनाका बारेमा अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुपर्ने बताउनु भयो । इच्छुककी श्रीमती तक्मा केसीले इच्छुकको आदर्शलाई आत्मसात गर्दै हत्यामा संलग्नलाई कारबाही गरेमात्र उहाँ प्रति न्याय हुने बताउनु भयो । क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्यले दोषीलाई कारबाही गर्नुको साटो सरकारले बढुवा गर्दै गएको गुनासो गर्नु भयो । कोणसभालाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाह, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने लगायतले सम्बोधन गरेका थिए । कोणसभामा कृष्ण सेनका सहयात्री समेत रहेका पत्रकार निमबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । जनदिशा दैनिकका प्रधान सम्पादक रहेका सेनको २०५९ साल जेठ १३ गते तत्कालिन महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या भएको थियो ।