Thaha

Wednesday 24 April - 11:55 am NST

सरकारले आज चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैं


काठमाडौं, १३ जेठ । सरकारले आज चालू आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले जारी संसद बैठकमा चालु आर्थिक वर्ष २०७२÷७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण पेश गर्न लाग्नुभएको हो । बैठकको शुन्य र विशेष समयमा सांसदहरुले समसामयिक बिषयमा आ–आफ्नो धारणा राखेका छन् । आन्दोलनरत संघीय गठबन्धनमा आवद्ध दलका सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् । आन्दोलन जारी रहेको भन्दै उनीहरु बैठक सुरु भएलगत्तै बाहिरिएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुप¥यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको संसद सचिवालयका सहायक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते सार्वजनिक गर्दैछ । आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेका संस्थानको अवस्थाका बारेमा समेत सदनलाई जानकारी दिईनेछ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बंैकिङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पनि पेस गर्ने तयारी छ ।