Thaha

Wednesday 17 April - 5:00 am NST

न्युयोर्कमा नेपाली समुदायले गरे नेपाल डे परेड प्रदर्शन


काठमाडौं, १० जेठ । 
अमेरिकाको न्यूयोर्कमा गएराती नेपाली समुदायले नेपाल डे परेड प्रदर्शन गरेका छन । न्यूयोर्कको म्यानहाटनमा जम्मा भएका झण्डै २ हजार नेपालीले नेपाली राष्ट्रिय झण्डा बोकेर नेपालको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले नेपाल डे परेड गरेका हुन । परेडमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । नेपाली जातजातिका पोशाकमा सजिएका नागरिकले स्थानीय समय अनुसार दिउँसो एकबजेदेखि ३ बजेसम्म सडकमै प्रदर्शन गरेका थिए ।

आउँदो १५ गतेको गणतन्त्र दिवसको अवसरमा नेपाली संघसंस्थाको आयोजनामा नेपाल डे परेड आयोजना गरिएको न्यूयोर्कबाट पत्रकार बिजय पौडेलले जनाएका छन । अमेरिकामा यतिधेरै नेपाली जम्मा भएर गरिएको पहिलो प्रदर्शन हो । अमेरिकामा बस्ने विभिन्न देशका नागरिकले आफनो मातृभूमिको प्रचारप्रसार गर्ने उद्देश्यले बेलाबेलामा परेड प्रदर्शन गर्छन । नेपाली संघसंस्थाले भने पहिलो पटक प्रदर्शन गरेका हुन । आयोजक संघसंस्थाको विवादका कारण नेपाल डे परेड केही जातिय संघसंस्थाले भने बष्किार गरेका छन ।