Thaha

Thursday 18 April - 11:42 am NST

सन्चार माध्यममा समावेसीताबारे दुइ दिने गोष्ठि सम्पन्न


काठमाडौं, ६ जेठ । 
सञ्चार माध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । तामाङ सञ्चार समुह केन्द्रीय समितिको आयोजनामा तामाङ पत्रकारको वर्तमान अवस्था र भावी योजना विषयक गोष्ठी बुधबार र बिहीबार ललितपुरमा भएको हो । गोष्ठीमा पहिलो दिन निवर्तमान फोनिज अध्यक्ष मोहनसिंह लामाले मिडियामा आदिवासी जनजातीको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गोष्ठीमा पत्रकार प्रतिक तामाङ र ध्यानबहादुर मोक्तानले पत्रकारीताको क्रममा गर्नुपरेको संघर्ष र सफलताका अनुभव सुनाउनु भएको थियो ।


यस्तै बिहीबारको गोष्ठिमा अमृत योन्जन तामाङले प्रस्तुत गर्नु भएको पत्रकारीतामा तामाङको उपस्थिती र अवसर तथा चुनौतीका बारेमा छलफल भएको थियो । दुइ दिने गोष्ठिमा रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, धनकुटा, भोजपुुर, उदयपुर, काभ्रे तथा काठमाडौंमा कार्यरत तामाङ पत्रकारहरुको सहभागिता रहेको तामाङ सन्चार सुमहका महासचिव विष्णु मोक्तानले जानकारी दिनुभयो । 


यसैबिच तामाङ सन्चार समुहले संगठनलाई संघिय संरचनामा लाने निर्णय गरेको छ । काठमाडौंमा बुधबार बसेको केन्द्रिय समितीको बैठकले आगामि फागुन भित्रमा राष्ट्रिय अधिवेसन गर्ने र त्यस अघि विधान संशोधन गरी समुहको सांगठानिक संरचना संघिय स्वरुपमा लैजाने निर्णय गरेको अध्यक्ष जगत दोङले जानकारी दिनुभयो ।