Thaha

Friday 19 April - 5:35 pm NST

सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई


काठमाडौं, २० वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । फोरम लोकतान्त्रिकको महादिेशनमा सहभागी हुन आज विराटनगर जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार परिवर्तन समस्याको समाधान नभएको र कांग्रेससँग सरकार परिवर्तनका विषयमा कुनै छलफल र सम्वाद नभएको दाबी गर्नुभयो । अहिले सरकार परिवर्तनभन्दा मुलुकको समस्या समाधान गर्नेतर्फ सबै दलहरुको ध्यान केन्द्रीत हुनुपर्नेमा उहाँको जोड छ । नयाँ संविधानको कार्यान्वयन, पुनर्निर्माण तथा मधेसको समस्या समाधानका लागि दलहरुवीच राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उहाँले सरकारलाई कसरी प्रभावकारी रुपमा अगाडी वढाउन सकिन्छ भन्ने विषयमा आफू र प्रधानमन्त्रीवीच छलफल भइरहेको बताउनुभयो ।