Thaha

Friday 19 April - 1:08 pm NST

राष्ट्रसंघद्वारा लागूऔषध नियन्त्रण सम्बन्धि नयाँ कार्ययोजना स्वीकृत,


काठमाडौं, ८ वैशाख । संयुक्त राष्ट्रसंघले विश्वव्यापी रुपमा लागूऔषध नियन्त्रणका लागि बनाईने नीतिमा व्यक्तिलाई केन्द्रमा राख्ने गरी बनाईएको कार्ययोजना स्वीकृत गरेको छ । यो कार्ययोजनाले लागूऔषध नियन्त्रणका लागि तत्काल, एकीकृत र ठोस कदमलाई बल पु¥याउने अपेक्षा गरिएको छ । विश्वव्यापी लागूऔषध समस्या सम्बन्धि राष्ट्रसंघ महासभाको विशेष सत्रको उद्घाटनमा बोल्दै लागूऔषध तथा अपराध सम्बन्धि राष्ट्रसंघीय कार्यालयका कार्यकारी निर्देशक युरी फेडोटोभले व्यक्तिलाई प्राथमिकतामा राख्दा मानिसको सुरक्षा, स्वास्थ्य र कल्याणको प्रवद्र्धन र संरक्षण हुने बताउनुभयो । लागूऔषध सम्बन्धि हिंसाबाट बढि प्रभावित देशहरु कोलम्बिया, मेक्सिको र ग्वाटेमालाको आग्रहमा राष्ट्रसंघ महासभाको विशेष सत्र बोलाईएको हो । बैठक अघि सहभागी विभिन्न देशहरुले लागूऔषध नियन्त्रणका लागि थप उदारवादी दृष्टिकोण अपनाउन आग्रह गर्दै राष्ट्रसंघ महासचिवलाई खुला पत्र पठाएका थिए । उनीहरुले औषधी सम्बन्धि प्रतिबन्धका कारण थप अपराध हुनसक्ने भन्दै त्यस्ता अपराधका लागि मृत्युदण्डको सजायँ हटाउन माग गरेका छन् भने केही देशले अपराध रोक्नका लागि त्यस्तो सजायँ अत्यावश्यक भएकोमा जोड दिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अनुमानित २ करोड ७० लाख मानिस लागूऔषध प्रयोग सम्बन्धि समस्यामा रहेका छन् भने हरेक वर्ष विशवभर४ लाख मानिसको मृत्यु हुने गरेको छ ।