Thaha

Friday 19 April - 9:17 am NST

आइपीएल क्रिकेटमा आज कोलकाता र मुम्बइ भिड्ने


काठमाडौं, ०१ वैशाख । इण्डियन प्रिमियर लिग आइपियल क्रिकेट अन्तर्गत प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र मुम्बइ इण्डियन्सबीच प्रतिष्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा आठ बजे कोलकातामा रहेको इडेन गार्डेनमा शुरु हुनेछ । दुवै टिमले आज दोस्रो खेल खेल्न लागेका हुन । मुम्बई पहिलो खेलमा पुनेसंग पराजित भएको थियो भने कोलकाताले दिल्लीलाई हराएको थियो ।  आइपीएल अन्तरगत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले बिजयी सुरुवात गरेको छ । चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई ४५ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ थालेको बैंगलोरले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको हैदरावद निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रनमै सिमित भयो ।