Thaha

Wednesday 24 April - 12:17 pm NST

निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निमार्णको काम तत्काल अघि बढाउन लेखा समितीको सरकारलाई निर्देशन


काठमाण्डौं, ७ चैत । 

संसदको अर्थ समितिले निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निमार्णको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितीको आज बिहान बसेको बैठकले राष्ट्रिय गौरवको आयोजना भएकोले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा राखी तत्काल काम थल्न अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई  निर्देशन दिएको हो ।

सरकार आफैैले आर्थिक स्रोत ब्यवस्थापन गर्दै विमान स्थलको ड्रईङ्ग डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण, पुनरवासको व्यवस्था, विमान स्थल क्षेत्रभित्र रहेका रुखहरुको व्यवस्थापनलगायत विषयहरुमा तत्काल निर्णय गरी छिटो छरितो र पारदर्शी ढङ्गबाट काम अघि बढाउन निर्देशन दिइएको सभापति प्रकाश ज्वालाले बताउनुभयो । यस्तै समितीले काठमाडौं तराई, मधेश दु्रत मार्ग पनि स्वदेशी लगानीमै निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।