Thaha

Saturday 20 April - 7:44 pm NST

राजनेताको तस्बिर अंकित सिक्का निष्काशन

काठमाण्डौं, चैत ५ । नेपाल राष्ट्र बैंकले राजनेताको तस्बिर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ । गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का पहिलो पटक निष्काशन गर्न गरेको हो ।

नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सिक्का सार्वजनिक गर्नुभएको छ । सिंहको सम्झनामा निष्कासन गरिएको सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको राष्ट्रवैंकले जनाएको  छ ।

 यसको बिक्री वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य २ हजार ७६ रुपैंया पर्ने फाउन्डेसनले जनाएको छ ।