Thaha

Thursday 25 April - 3:18 pm NST

ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्ड र नेदरल्याण्ड्स तथा बंगलादेश र ओमन भिड्ने


काठमाडौं, ३० फागुन । भारतमा चलिरहेको ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा आयरल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे धर्मशालामा हुनेछ । दुवै टोली प्रतियोगिताबाट बाहिरिई सकेकाले आजको खेल औपचारिकताका लागि मात्रै हुनेछ । आजै बेलुका पौने ८ बजे हुने अर्को खेलमा बंगलादेश र ओमन भिड्ने छन् । यो खेलबाट सुपर टेनमा प्रवेश गर्ने दोश्रो टोलीको टुंगो लाग्नेछ । आज जित्ने टिमले सुपर टेनको समूह दुईमा भारत, पाकिस्तान, अष्ट्रेलिया र न्यूजील्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो जिम्बाबेलाई पराजित गर्दै अफगानिस्तान सुपर टेनमा प्रवेश गरिसकेको छ ।  अफगानिस्तानले सुपर टेनको समूह एक मा श्रीलंका, दक्षिण अफ्रिका, ईंग्ल्याण्ड र वेष्ट ईन्डिजसंग प्रतिस्पर्धा गर्नेछ ।