Thaha

Friday 26 April - 5:41 am NST

युवराज लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ गठन


काठमण्डौं, २८ फागुन । 
युवराज लामाको अध्यक्षतामा एमाओवादी निकट अखिल नेपाल खेलकुद महासंघ गठन भएको छ ।  काठमण्डौंमा भएको भेलाले लामाको अध्यक्षतामा १ सय ५२ सदस्यीय खेलकुद महासंघ गठन गरेको लामाले आज जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । महासंघको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का रहनु भएको छ ।

महासचिवमा शिव कोइराला र उपमसचिवमा गजेन्द्र खपांगी चयन हुनुभएको छ । सचविहरुमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, संजीव पाण्डे, तिलक चौधरीसहित १४ जना छन् । त्यसैगरी कोषाध्यक्षमा हरिशरण केसी चयन हुनुभएको छ । जनपक्षिय, बैज्ञानिक र क्रान्तिकारी खेलकुद नीतिलाई ब्यवहारमा उतार्न खेलकुदको संघीय ऐन, नियम निर्माणमा प्राथमिकता दिने र यसकालागी सुझाव, दवाव र संघर्षका कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष लामाले बताउनुभयो ।