Thaha

Thursday 25 April - 3:46 pm NST

मनाङमस्र्याङदी क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाईनलमा

काठमाण्डौं, फागुन १९ । मनाङमस्र्याङदी क्लब धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—२ को गोल अन्तरले पराजित गर्दै मनाङ फाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो मिनेटमै ओलावालेले पहिलो गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै रमेश दंगालले गोल फर्काउंदै खेललाई एकएक गोलको वरावरीमा पुर्याए । निक्कै प्रतिस्पर्धात्मक खेलमा किरन चेम्जोङले गोल थप्दै एपीएफलाई दुई एकको अग्रता दिलाएपनि त्यो अग्रता २६ औं मिनेटमा अनील गुरुङले तोड्दै खेल दुईदुईको वरावरीमा  लगे । पहिलो हाफ दुईदुई गोलको वरावरी भएको खेलको दोस्रो हाफमा एपीएफले गोल गर्न सकेन ।

मनाङका लागि ६१ औं मिनेटमा अनन्त तामाङले तेस्रो गोल गर्दै टिमलाई ३—२ को जित दिलाएका हुन् । आजको खेलको म्यानअफ दी म्याच विराज महर्जन घोषित भए । मनाङले अब उपाधीका लागि रुपन्देही ११ र नेपाल पुलिस बीचको बिजेतासंग आगामी शनिवार प्रतिस्पर्धा गर्नेछ ।