Thaha

Saturday 20 April - 9:18 pm NST

राष्ट्रिय टोलीका ३ फुटबलर स्पेनीस क्लब मार्बेलामा अनुबन्ध

काठमाण्डौं, फागुन १८ । नेपाली राष्ट्रिय टोलीका तीन फुटबलर स्पेनको एक क्लबमा अनुबन्धित भएका छन् । फरवार्डद्वय बिमल घर्तीमगर, अन्जन बिष्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडमा अनुबन्ध भएका हुन् ।

क्लबले आफ्नो फेसबुक पेजमार्फत् नेपालका तीन खेलाडीलाई टिममा अनुबन्धित गरेको जनाएको छ । तीनै जना खेलाडीलाई सन् २०१६ को युरोपियन टुर अन्तर्गत जर्मनी, हल्याण्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको क्लबले उल्लेख गरेको छ ।