Thaha

Thursday 25 April - 11:02 am NST

गान्धी, केजरीवाल र येचुरी विरुद्ध मुद्दा दायर,देशद्रोह गरेको अभियोग


काठमाडौं, १७ फागुन । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल,कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, लगायतका नेताहरु माथि  देशद्रोहको आरोप लागेको छ । जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतविरोधी नारा लगाउने विद्यार्थीलाई समर्थन गरेको भन्दै उनीहरुविरुद्ध देशद्रोहको आरोप लागेको हो ।अधिवक्ता जनार्धन गौडले भारतीय दण्ड संहिताको धारा १२४ र १२४ ‘ए’ अनुसार उजुरी दर्ता गरेका भारतीय संचारमाध्यमले जनाएका छन् । हैदरावादको साइबरावाद इलाकाको प्रहरी चौकीमा गान्धी, येचुरी र केजरीवालसहित डी राजा, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार र उमर खालिदविरुद्ध उजुरी परेको छ । जवाहरलाल नेहर विश्वविद्यालयमा फेबु्रअरी नौमा भारत विरोधी नारा लाग्दा आफूलाई आघात परेकोले मुद्दा दर्ता गरेको अधिवक्ता गौडको तर्क छ । संसदमा हमला गर्ने अफजल गुरुको समर्थनमा भारत विरोधी नारा लगाइएको  गौडले दावी गर्नुभयो । भारतीय संसदमा आक्रमण गरेपछि अजफल गुरुलाई फाँसी दिइएको थियो । तिनै अजफल गुरुको समर्थनमा जेएनयूमा गरिएको कार्यक्रममा भारत विरोधी नारा लागेको दावी गरिएको छ । तर संचार माध्यमले नभएको नारा लागेको भनेर प्रचार गरेको आरोप पनि लागेको छ । । कार्यक्रम स्थलबाट पक्राउ परेका विद्यार्थीलाई कारबाही नगर्न गान्धी, येचुरी, केजरीवाल लगायतले भनेको आरोपपत्रमा दाबी गरिएको छ । मुद्दा दर्ता भएपछि केजरीवालले आफू प्रधानमन्त्री मोदी भन्दा पनि देशभक्त भएको प्रतिक्रिया दिनुभएको छ ।