Thaha

Friday 26 April - 2:45 am NST

आजदेखि किसान कलसेन्टर सन्चालनमा, किसानले आफुलाई परेको समस्या विज्ञसामु निशुल्क राख्न पाउने


काठमण्डौं, १६ फागुन ।  सन्चु ब्लोन, 
किसानका समस्या समाधान गर्न भन्दै कृषि विकास मन्त्रालयले ‘किसान कल सेन्टर’ सञ्चालन गरेको छ । आज कृषि विभाग हरिहर भवनमा पर्वतका किसान राजेश आरसीले फोनमा राखेको जिज्ञासाको उत्तर दिदै कृषिमन्त्री हरिबोल गजुरेलले कल सेन्टरको शुभारम्भ गर्नु भएको हो । कृषकहरुले कल सेन्टरको टोल फ्रि नम्बर १६६००१९५००० मा निःशुल्क फोन गरी आफ्ना समस्या विज्ञसामु राख्न सक्ने ब्यवस्था गरिएको छ । बालीमा लाग्ने रोगकिराको बारेमा, खेतीपातिका विभिन्न प्राविधीक पक्ष  तथा पशुपालन ब्यवसाय सम्बन्धि समस्याहरुलाई फोन मार्फत विशेषज्ञले किसानलाई जानकारी दिने मन्त्रालयका सचिव उत्तमकुमार भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्काललाई हप्ताको तिन दिन मात्र कल सेन्टर सान्चालन हुनेछ ।

किसानले आफुलाई परेको समस्याका बारेमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म फोन गर्न सक्नेछन् । कृषि सुचना तथा सन्चार केन्द्र मार्फत सन्चालन हुने कल सन्टर सेवालाई  चाँडै नै हरेक सन्चालन हुने सचिव भट्टराईले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो । सेन्टरको स्थापनाबाट कृषकहरुले कृषि प्रविधिसँग सम्बन्धित विभिन्न प्राविधिक विषयमा मोबाइल तथा इन्टरनेटबाट पनि निःशुल्क जानकारी पाउने कृषि मन्त्रालयले जनाएको छ । भौगोलिक विकटताले पारेको असरलाई न्युनिकरण गर्दै सेवा प्रभावकारी बनाउने मन्त्रालयको उदेश्य रहेको भट्टराइले बताउनुभयो ।