Thaha

Thursday 25 April - 10:34 pm NST

एशियाकप क्रिकेटमा आज बंग्लादेश र यूएईको भिडन्त

काठमाण्डौं, फागुन १४ । बंगलादेशमा जारी एशिया कप क्रिकेट आज बंगलादेश र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे बंगलादेशको ढाकामा हुनेछ ।

गएरातीको खेलमा श्रीलंकाले युएइलाई १४ रनले पराजित गरेको थियो । ढाकामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनायो । १ सय ३० रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको युएइ २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १५ रनमै समेटियो ।

अस्ति प्रतियोगिताको उद्घाटन खेलमा भारतले आयोजक बंगलादेशलाई ४५ रनले पराजित गरेको  थियो । भोली एशिया कप क्रिकेटमा भारत र पाकिस्तान भिड्नेछन ।