Thaha

Saturday 20 April - 1:13 am NST

फोब्सको सुचीमा सायना, कोहली र सानीया

काठमाण्डौं, फागुन १३ । भारतकी ब्याडमिन्टन खेलाडी सायना नेहवाल एशियामा ३० बर्षभन्दा कम उमेरका होनहार युवा नेता एवं उद्यमीको सुचीमा पहिलो स्थानमा परेकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको ५० जनाको सुचिमा सायना पहिलो स्थानमा परेकी हुन् ।

फोब्र्सको ३० बर्षमुनीका एशियाली ३० जनाको सुचीमा भारतीय क्रिकेटर विराट कोहली र टेनीस खेलाडी सानीया मिर्जापनि शिर्ष स्थानमा छन् । भारत, चीन, हङकङ, इन्डोनेशिया, सिंगापुर, जापान, पाकिस्तान, भियतनाम र अष्ट्रेलीया लगायतका देशका आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिने ३ सय युवा उद्यमी एवं नेतृत्वकर्तालाई सहभागी गराईएको थियो ।

उत्कृष्ट ब्याट्सम्यान कोहलीले आफ्नो नेतृत्वमा गत जनवरीमा भारतलाई अष्ट्रेलियाविरुद्धको टी—२० क्रिकेट श्रृंखलामा एकतर्फी जित दिलाएका थिए । उनले गतवर्ष १ करोड १३ लाख डलर आम्दानी गरेका थिए । यस्तैगरी सन् २००३ मा १६ बर्षको उमेरदेखी पेशाकै रुपमा टेनिस खेल्न सुरु गरेकी सफल महिला भारतीय टेनिस खेलाडी सानिया मिर्जा देशमा सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी मध्येकी एक हुन् ।