Thaha

Friday 26 April - 1:59 am NST

म्यानमारले प्यागोडा र स्तुपाहरुको भ्रमणमा रोक लगाउने

काठमाडौं, ११ फागुन । म्यानमारले प्राचीन शहर बागानमा रहेका प्यागोडा र स्तुपाहरुको भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने प्रयास स्वरुप आउँदो मार्च १ तारिख देखि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पुरातन स्तुपा र प्यागोडाहरुको आसपास जान नदिने निर्णय गरिएको म्यानमारको संस्कृति मन्त्रालये जनाएको छ । आगन्तुकहरुको भिडका कारण ३ हजार भन्दा बढी प्राचिन भवनहरुको स्थायीत्वमा खतरा उत्पन्न भएकोले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको यसअघिको प्रतिबन्धका बाबजूद आन्तरिक तथा बाह्य पर्यटकहरुले प्राचिन भवनहरुमा नाच्ने, मन्दिर क्षेत्रमा सुत्ने जस्ता गतिविधी नरोकेको भन्दै भ्रमणमै रोक लगाउन लागिएको सरकारी अधिकारीहरुले बताएका छन् । म्यानमारले प्राचिन शहर बागानलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गरिरहेको छ।