Thaha

Friday 19 April - 10:57 am NST

मुनाक नहर सहित तीन वटा बाँधको सुरक्षा गर्न अदालतको भारतीय सेनालाई आदेश


काठमाण्डौँ, १० फागुन । भारतको सर्वोच्च अदालतले मुनाक नहर सहित अरु तीन वटा बाँधको सुरक्षा सुनिश्चित गर्न सेनालाई निर्देशन दिएको छ । हरियाणाका जाट आन्दोलनकारीले मुनाक नहरमा क्षति पु¥याएर दिल्लीमा पानीको नाकाबन्दी गरेपछि अदालतले सेनालाई यस्तो निर्देशन दिएको हो । आन्दोलनकारीले दिल्लीमा पानी लगिने मुनाक नहरको बाँध भत्काईदिएपछि दिल्लीमा पानीको हाहाकार भएको छ । अदालतले हरियाणा सरकारलाई पानीको संकटका विषयमा दुई दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ । हरियाणा सरकारले बाँधको मर्मत गर्न दुई हप्ता लाग्ने बताएको छ । तर बेलुकीसम्म दिल्लीमा पानी आपूर्तिका लागि काम गर्ने हरियाणा सरकारले बताएको भारतीय संचार माध्यमले जनाएका छन् । दिल्ली सरकारले पानीको आपूर्ति सामान्य बनाउनका लागि सहयोग गर्न केन्द्र सरकार, सेना र हरियाणा सरकारको सहयोग आवश्यक रहेको  बताएको छ । सर्वोच्च अदालतले समस्या समाधान गर्नुको साटो अदालत धाएको भन्दै दिल्ली सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ । सरकारले अदालत धाउनु भन्दा समस्या समाधान हुनुपर्ने तर्फ दिल्ली सरकारको ध्यानाकर्षण गराएको छ । जाट आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको छ ।