Thaha

Saturday 20 April - 1:57 am NST

शरणार्थी समस्या समाधानका लागि युरोपेली संघले टर्कीसँग विशेष बैठक गर्ने


काठमाडौं, ७ फागुन । युरोपेली संघ इयुले शरणार्थी समस्या समाधानका लागि आगामी महिना टर्कीसँग विशेष बैठक गर्ने भएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा बोल्दै युरोपियन काउन्सीलका अध्यक्ष डोनाल्ड टस्कले टर्कीको कार्ययोजना आफूहरुको प्राथमिकतामा रहेको बताउनुभयो । शरणार्थीको व्यवस्थापनका लागि टर्कीलाई तीन अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता पनि इयुले जनाएको छ । सन् २०१५ मा  दश लाख भन्दा बढी शरणार्थी युरोप प्रवेश गरेका छन् । गएराति मात्रै झण्डै ९ सय शरणार्थीलाई ग्रीक आइल्याण्डबाट उद्धार गरिएको बीबीसीले जनाएको छ । युरोपियन काउन्सीलका अध्यक्ष टस्कले शरणार्थी समस्या समाधानका लागि युरोपेली देशहरुबीच आम सहमतिको आवश्यकता औंल्याउनुभएको छ । उहाँले यस बिषयमा छलफल गर्न युरोपेली संघका नेताहरुसँग दुइपक्षीय बैठक आयोजना गरिने पनि बताउनुभयो ।