Thaha

Saturday 20 April - 2:43 pm NST

सिरियाका अस्पताल र विधालयमा भएका आक्रमणमा ५० जनाको मृत्यु


काठमाडौं, ४ फागुन । सिरियाका विभिन्न अस्पताल तथा विद्यालयमा भएका मिसाइल आक्रमणमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । सयौं घाईते भएका र त्यसमा अधिकाँस बालबालिका रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । संयुक्त राष्ट्रसंघका अनुसार सिरियाको एलेप्पो र इदलिबमा रहेका पाँच अस्पताल र दुईवटा विद्यालयमा भएका हमलामा ५० जनाको ज्यान गएको हो । राष्ट्रसंघले विद्यालय र अस्पतालमा भएको आक्रमण अन्तर्राष्ट्रिय कानुनको ठाडो उलंघन भएको जनाएको छ । सिरियामा कार्यरत विभिन्न सामाजिक संघसंस्थाले आक्रमणका लागि रुस जिम्मेवार हुनुपर्ने बताएका छन ।

सिरियामा कार्यरत डक्टर्स विथआउट बोडर्सले रुसले जानी जानी आक्रमण गरेको आरोप लगाएको छ । त्यस्तै टर्कीको सीमा क्षेत्रमा रहेको अजाज शहरमा रहेको एक बाल अस्पतालमा भएको आक्रमणमा थप १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणको अमेरिकी विदेश मन्त्रालयले निन्दा गरेको छ ।