Thaha

Saturday 20 April - 6:30 pm NST

राष्ट्रिय धरोहरको पुनर्निर्माण अभियान सुरु हुदै


काठमाडौं, २ फागुन । विनाशकारी भूकम्पले क्षति पुर्याएका राष्ट्रिय धरोहरको पुनर्निर्माण अभियान पर्सीदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बालुवाटारमा बसेको नेपाल पर्यटन परिषद्को बैठकले पर्सी फागुन ४ गतेदेखि सुन्धाराबाट राष्ट्रिय धरोहर पुनर्निर्माण अभियान संकल्प गर्ने निर्णय गरेको हो । बैशाख १२ गतेको भूकम्पले धरहरा भत्काएको ठाउँबाटै पुनर्निर्माण संकल्प गर्न लागिएको हो । बैठकमा प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रलाई सहयोग पुग्ने गरी राष्ट्रिय सम्पदा र धरोहर पुनर्निर्माणको अवधारणा प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको विकासका आधारभूत तयारीबारे पनि योजना प्रस्तुत गर्दै नेपालका होटेल र देशमा पर्यटकलाई घुमाउने गाइडलाई पनि आधुनिक तयारी अनुकूल बनाएर देशको अर्थतन्त्र मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले ठूलो संख्यामा पर्यटक आए भने त्यसलाई धान्ने होटेल र गाइडको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले जिवित संग्रहालयको प्रचार गरी संसारका पर्यटक नेपाल भित्र्याउने योजना बनाउनुपर्ने र पर्यटन क्षेत्रलाई ठूलो उद्योगका रुपमा विकास गरेर लाभ उठाउनुपर्ने बताउनुभयो ।