Thaha

Thursday 25 April - 2:16 pm NST

१९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि वेस्टइण्डिजलाई, भारत पराजित


काठमाण्डौ, २ फागुन । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि वेस्टईण्डिजले जितेको छ । भारतलाई पाँच विकेटले हराउँदै वेस्टईण्डिजले पहिलो पटक उपाधि जितेको हो । मीरपुरमा १ सय ४६ रनको लक्ष्य वेस्टईण्डिजले तीन बल बाँकी छँदै पाँच विकेट गुमाएर पुरा ग¥यो । झीनो स्कोर रक्षा गर्न मैदान उत्रिएको भारतले खेललाई अन्तिम ओभरसम्म लगेपनि हार टार्न सकेन र चौथो पटक उपाधि जित्ने सपना पुरा हुन सकेन् । राहुल द्रविडको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको भारतीय ब्याटिङ  अन्तिममा चुक्यो । भारतले ४५ ओभरमा एक बल खेलेर अल आउट हुँदै १ सय ४५  रन बनाउँदा सर्फराज खानले ५१ र राहुल बाथमले २१ बनाउनु बाहेक अरु सबैले बिर्सन लायक प्रदर्शन गरे । वेष्टइन्डीजका अलजरी जोशेफ र रायन जोनले समान तीन तीन विकेट लिए । पहिलो पटक फाईनल पुगेर उपाधि चुम्ने क्रममा वेस्टईण्डिजले पनि खराब शुरुवात गरेको थियो । तर केकी कार्टीले नटआउट ५२ र कीमो पलले नटआउट ४० रनको योगदान गरेर टिमलाई सफलता दिलाए ।  भारतका लागि मयंक डागरले तीन विकेट लिए पनि हार टार्न सकेनन् । भारतले सन् २०१२, सन् २००८ र सन् २००० मा उपाधी जितेको थियो ।