Thaha

Friday 19 April - 5:37 am NST

निर्भिकताका साथ काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई निर्भीकताका साथ राम्रो काम गर्न निर्देशन दिनुभएको छ । लगानी बोर्डले ललितपुरमा आजदेखि सुरु गरेको तालिमको उद्घाटनमा प्रधानमन्त्री ओलीले  कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै उहाँले राम्रो काम गर्न कसैसँग पनि डराउन नपर्ने बताउनुभयो । विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले ठूला परियोजनामा स्थानीय जनताको अवरोध देखिने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । तालिममा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना प्रभावित जिल्ला दैलेख, अछाम, सुर्खेत र संखुवासभाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, मालपोत अधिकृत, वन अधिकृत र नेपाल विद्युत् प्राधिकरणका प्रमुख गरी २० जनाको सहभागिता छ ।