Thaha

Thursday 25 April - 4:32 am NST

मासिक ५ हजार भत्ता दिने पहल गरिदिन राउटेको प्रचण्डलाई अग्रह


काठमण्डौं, १ फगुन । 
राउटेका मुखीयाहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारले दिदैं आएको मासिक भत्ता ५ हजार रुपैयाँ पुराउन पहल गरिदिन आग्रह गरेका छन ।  मध्य र सुदुरपश्चिमका पहाडी जिल्लामा बसोबास गर्ने राउटेका मुखीयाले बिहान प्रचण्ड निवास लाजिम्पाटमा भेटेर भत्ता बढाईदिनका लागि पहल गर्न आग्रह गरेका हुन । प्रचण्ड नेतृत्वकै सरकारले आफूहरुलाई मासिक भत्ता एक हजार दिन थालेको भन्दै उनीहरुले भत्ता ५ हजार पुराउनका लागि पहल गर्न प्रचण्डलाई आग्रह गरे ।

राउटे मुखीयाहरुले तत्कालका लागि आफ्नो समुदायको कूल पुजा भएकोले केही खर्चको व्यवस्था गरिदिन, दीर्घकालिन रुपमा समुदायको स्वास्थ्य, सुरक्षा र खाध्यान्नको व्यवस्था गर्न पनि माग गरेका छन । जवाफमा प्रचण्डले भत्ता बढाउन पहल गर्ने बताउनु भयो । राउटेले प्रचण्डलाई भेट्दासंगै रहेका उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझी र वन मन्त्री अग्नी सापकोटाले वन मन्त्रालयबाट रोकिएको वन रक्षकका लागि दिने तलब उपलब्ध गराउने प्रतिवद्धता जनाएको राउटेलाई एक रुपैयाँ अभियानका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।

राउटेका मुखियाहरु सूर्यनारायण शाही, डिलबहादुर शाही र वीरबहादुर शाहीको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई भेटीसकेका छन् ।