Thaha

Tuesday 16 April - 7:25 pm NST

कांग्रेसको आजदेखि अधिवेसन प्रकृया फेरी शुरु, कोइरालाको उत्तराधिकारीबारे संस्थापनपक्षले छलफल गर्दै


काठमण्डौं, १ फागुन । 
को हुने भन्ने नेपाली काँग्रेसको रोकिएका जिल्ला, क्षेत्र र गाउँ तहका अधिबेशन आजदेखि सुरु भएको छ । सभापति सुशील कोइरालाको निधन भएपछि रोकिएको काँग्रेसको १३ औ महाधिबेशन अन्तर्गतका जिल्ला अधिबेशन आजदेखि भएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार माघ २५ गते २९ जिल्ला अधिबेशन र ६५ जिल्लामा क्षेत्रिय अधिबेशन भइसकेको छ । बाँकी जिल्लाका केहीमा ठाउँमा गाउँ नगर अधिबेशन समेत हुन सकेको छैन भने केही जिल्लाले गाउँ नगर अधिबेशन सकेर क्षेत्रिय अधिबेशनको तयारी गरेका छन् । बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहा लगायतका जिल्लामा मधेशी मोर्चाको अवरोधका कारण तथा सोलुखुम्वुमा सदस्यता विवादका कारण अधिबेशन हुन सकेको छैन । काँग्रेसले सभापति कोइरालाको निधन भएपछि अधिबेशनका कार्यक्रम आजसम्म रोक्ने निर्णय गरेको थियो । 


यसैबिच सभापति सुशील कोइरालाको उत्तराधिकारी को हुने भनेर संस्थापन पक्षका रुपमा चिनिएकाहरुबीच आज छलफल हुँदैछ । स्वर्गिय कोइरालाको निवासमा १३ महाधिबेशनमा सभापतिको उम्मेदवार को हुने भनेर दिउँसो छलफल हुन लागेको हो । कोइरालाको निधनपछि कार्यबाहक सभापति रहेका रामचन्द्र पौडेल, महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, नेताहरु सुजाता कोइराला, शशांक कोइराला, शेखर कोइराला लगायतका नेताबीच हुने छलफल १३ औ महाधिबेशनमा संस्थापन पक्षबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने बिषयमै केन्द्रत हुनेछ ।

सभापतिमा कार्यबाहक सभापति पौडेलले गाउँ नगर, क्षेत्र र जिल्ला अधिबेशन शुरु हुनु अघिनै सभापति पदमा उम्मेदवारी दिने वताउँदै आउनु भएको छ भने महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह र नेतृ सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने वताउँदै आउनु भएको छ । संस्थापनबाट सभापतिका आकाक्षि धेरै रहेकाले को उम्मेदवार बन्ने टुङ्गो लगाउन अब केही दिन निरन्तर छलफल हुने संस्थापन पक्षका एक नेताले वताएका छन् । शेर बहादुर देउवा पक्षबाट देउवा आफैले उम्मेदवारी दिने बताउनु भएको छ । देउवा पक्षमा सभापति पदका लागि अरु आकाक्षि छैनन् । बैठक दिउँसो एक बजे महाराजगंजमा हुने भएको छ ।